नियम ३क
सिफारिस समिति सम्बन्धी व्यवस्था
(१) परिषद्को उपाध्यक्ष मनोनयन गर्न वा सदस्य–सचिव तोक्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्न देहायको एक सिफारिस समिति रहनेछः
(क) राष्ट्रिय योजना आयोगको सदस्य (शिक्षा हेर्ने) – अध्यक्ष
(ख) सचिव, शिक्षा मन्त्रालय – सदस्य
(ग) नेपाल सरकारको विशिष्ट श्रेणीको पदबाट अवकाश पाएका व्यक्तिहरुमध्येबाट शिक्षा मन्त्रालयले तोकेको एक जना – सदस्य
(२) उपनियमम (१) बमोजिमको समितिको नियम ३ख. बमोजिमको योग्यता पुगेका व्यक्तिहरु मध्येबाट निजको शैक्षिक योग्यता, अनुभव समेतको मूल्याङ्कन गरी तीन जनाको नाम उपाध्यक्षको रुपमा मनोनयन गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले परिषद्को अधिकृत प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेका कर्मचारीहरुमध्येबाट अनुसूचीमा उल्लिखित आधारमा छनौट गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम सदस्य–सचिवको रुपमा तोक्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्नु पर्नेछ ।